गीतकार गोबिन्दराज सिवाकोटीको एकल शब्द र गायक कृष्ण भट्टराईको एकल आवाज रहेको गीति एल्बम ‘कुल कुल’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ गीतकार रत्न शम्शेर थापा तथा चर्चित संगीतकार सुरेश अधिकारी लगायत बिभिन्न संगीतकर्मी पत्रकारहरुको उपस्थिती रहेको थियो । संगीतकारहरु अर्जुन पोख्रेल, शंकर थापा र धनु ग्याङमीको संगीत रहेको उक्त एल्बममा ३ वटा गीत समाबेश रहेका छन् ।

कार्यक्रमा ‘कुल कुल ल्याङ ल्याङ’ बोलको गीतको म्यूजिक भिडियो समेत देखाइएको थियो । भिडियोमा मंगोलियन नाम्जा ग्रुपसंगै बर्षा राउत र बिनोद न्यौपानेलाई फिचरिङमा देख्न सकिन्छ । भिडियोको शिशिर खातिले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन् । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । एल्बमलाई डस म्यूजिकले बजारमा ल्याएको हो । हेनुस् भिडियो :

For More videos Log on to Mazzako TV