नेपाली फिल्मको पर्दामा अभिनेत्री अनु शाहलाई दर्शकले नदेखेको धेरै भयो । यसको मुख्यकारण, अनुलाई अहिले निर्माताहरुले फिल्मको अफर नै गर्न छाडेका छन् ।
अनु फिल्मको कारणले भन्दा पनि अभिनेता सविन श्रेष्ठसँगको प्रेमका कारण बढी चर्चामा रहिन् ।

तर, वुझिएअनुसार अहिले यी दुइविच प्रेम छैन । अनु र सविनको प्रेममा थुप्रै खटपट भयो । जसकाकारण, अनु शाह केही समय तनावमा समेत रहेको उनका निकट साथीहरु बताउँछन् ।

फिल्ममा भन्दा म्यूजिक भिडियोमा व्यस्त अभिनेत्री शाह अहिले फेसनमा भने धेरै नै सजग देखिन थालेकी छिन् । पहिरनमा समेत चुजी बन्न थालेकी अनु अब आफूलाई हरेक कुराबाट परिवर्तन गर्न बताउँछिन् । करिअर बदल्न नसकेकी अनुले अब आफूलाई परिवर्तन गर्लिन् त ?

For More videos Log on to Mazzako TV