नेपाली फिल्मका कार्यक्रम काठमाण्डौमा केन्द्रित देखिएका छन् । अहिले त अवार्ड समारोहहरु देश बाहिर बढी हुन थालेका छन् । तर, छायाँछवि क्रियशनले भने ‘नवौ डी सिने अवार्ड’ काठमाण्डौ बाहिर गरेको छ । अवार्डले हेटौडाको फिल्मी माहोल केही गर्माएको थियो ।

बिहिबार बेलुकी आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड जितेको छ । हेटौडाको ओ म्याक्स हलमा आयोजित कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले यो फिल्मबाट ‘उत्कृष्ट अभिनेत्री’को जित्दै गर्दा उत्कृष्ट फिल्मको अवार्ड पनि यही फिल्मको पोल्टामा गयो ।

अवार्ड समारोहमा फिल्म ‘तीन घुम्ती’लाई जुरी अवार्ड दिइयो । फिल्म ‘जात्रा’का निर्देशक प्रदिप भट्टराई, फिल्म ‘झुम्की’का कलाकार मनोज आरसी र फिल्म ‘पुरानो डुङ्गा’की मुख्य कलाकार मेनुका प्रधानलाई क्रिटिक्स अवार्ड दिइएको थियो ।

यस्तै, बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरियो । यस्तै, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ नगद राशीसहित पुरस्कृत गरियो । ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा रानालाई सम्मानित गरिएको थियो ।

काठमाण्डौ बाहिर कलाकारसँग दर्शकको प्रत्यक्ष संवाद नहुने भएकाले हेटौडामा अवार्ड आयोजना गरिएको संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।
अवार्डमा सहभागी हुनका लागि सय बढी कलाकर्मी र पत्रकार हेटौडा पुगेका थिए । अवार्ड विजेताको पूर्ण सूची यसप्रकार छः

१) उत्कृष्ट एनिमेशन
द फेमश
२) उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
३) उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
४) उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
५) उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
६) उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
७) उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
८) उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
९) उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
१०) उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
११) उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
१२) उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
१३) उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
१४) उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
१५) उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
१७) उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
१८) उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
१९) उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
२०) उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र
२१) उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
२२) उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
२३) उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
२४) उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
२५) उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२६) उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
२७) उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
२८) उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
२९) उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
For More videos Log on to Mazzako TV