लामो समय देखी पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । पत्रकार शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे राजधानीको गौरीघाटस्थित आफ्नै कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको फिल्म ‘ब्ल्याक डायरी’का निर्माता अनोज अधिकारीले बताए । स्वं. पत्रकार शाक्य फिल्म ‘ब्ल्याक डायरी’का लेखक हुन् । शवलाई पोस्मार्टमका लागि अहिले महाराजगंज स्थित टिचिङ अस्पतालमा राखिएको छ ।

उनले परिवारको नाममा तीन पेज लामो पत्रमा लेखेर आत्महत्या गरेको बुझिएको छ । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । लामो समय देखि चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार स्वं. सविन शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !

For More videos Log on to Mazzako TV