हात्ती चढेर फिल्म प्रचारमा पल र पूजा असार ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु’ टिमले शुक्रबार भरतपुर जिल्लाको चितवनमा हात्ती ¥याली निकालेको छ । अभिनेता सरोज खनाल, नायक पल शाह र नायिका पूजा शर्मालाई १ वटा हात्तीमा राखेर शुक्रबार चितवन शहर परिक्रमा गराइएको हो । पहिलो पटक हात्ती चढेका नायक पल शाहले हात्ती चढ्दा मज्जा लागेको बताए ।

‘मज्जा हुँदो रहेछ, अझ फिल्म प्रचार गर्दा बेग्लै अनुभव भयो’, पलले भने । यता थुप्रै पटक हात्ती चढेकी नायिका पूजा शर्माले हात्ती माथि चढेर गरिएको फिल्मको प्रचार बारे प्रष्ट्याउँदै भनिन्, ‘हामी हात्ती जसरी लम्किरहेका छौं । यो प्रचारको नयाँ शैली पनि हो ।’  हात्ती माथि चढेका सरोज, पल र पूजालाई हेर्न सर्वसाधरणको घुइँचो लागेको थियो  ।

चितवनको हात्ती परिक्रमा पछि फिल्म युनिट बुटवलतर्फ लागेको छ । बुटवलपछि पोखरा हुँदै उनीहरु आइतबार काठमाण्डौं फर्किनेछन् । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’  गीत संगीतले चर्चा पाइरहेको छ । सुदर्शन र पूजा मिलेर बनाएको यो चलचित्र दर्शकको प्रतिक्षित चलचित्र बनेको छ ।

For More videos Log on to Mazzako TV