फिल्म ‘२ रुपैयाँ’ को नयाँ गीतकोे भिडियो सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ गीतको मज्जाको सफलता पछि ‘२ रुपैयाँ’ को ‘टल्क्यो जवानी’ बोलको क्लब गीत सार्वजनिक भएको हो । उक्त गीतमा फिल्मका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतको साथै सुमी मोक्तानको दमदार अभिनय देख्न सकिन्छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु निश्चल बस्नेत र आशिफ शाह को स्वर सुन्न सकिन्छ, भने साथमा ‘ठमेल बजार’ बाट चर्चामा आएकी गायिका मिना निरौलाको समेत स्वर छ । गीतमा रोशन थापाको सङ्गीत छ, भने एकतारे, सुरज शाही ठकुरीको शब्द रहेको छ । ‘टल्क्यो जवानी’ गीतका राजन ईशान एरेन्जर हुन् । भदौ २३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘२ रुपैयाँ’ लाई असीम शाहले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV