नायिका शिल्पा पोख्रेलको अभिनय रहेको फिल्म ‘हामी शरणार्थी’ यहि भाद्र ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘हामी शरणार्थी’ नेपाली महिलाहरुको महान चार्ड तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको हो । केरुङ् फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्मलाई विजय लिम्बु केरुङले निर्देशन गरेका छन् । भुटानबाट लखेटिए पछि नेपालमा शरण लिन आएका शरणार्थीहरुको दुःख कष्टको कथालाई आधार मानेर फिल्म निर्माण गरिएको निर्देशक केरुङले बताएका छन् । फिल्ममा नायिका शिल्पा पोखरेलले दुई बच्चाकी आमाको भूमिकामा अभिनय गरेकी छिन् । शिल्पासँगै जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङ लगायतले अभिनय गरेका छन् ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको फिल्मका कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता हुन् । फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ । फिल्मको वितरक आरआर फिल्मस् हो ।

 

For More videos Log on to Mazzako TV