गायिका खुशी थुलुङ्ग राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका खुशीको आवाजमा रहेको ‘आउन आउ परदेशी’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । प्रकाश थुलुङ्गको शब्द रहेको गीतलाई मन थुलुङ्गले संगीत भरेका छन् । भिडियोमा मन थुलुङ्ग र दीपा तामाङको जोडीकोे रोमान्सलाई देख्न सकिन्छ । परदेशीएको आफ्नो प्रेमीलाई पर्खिदाको पिडानै गीतको मुख्य भाव हो ।

भिडियोको निर्देशन स्विकारले गरेका छन् भने भिडियोलाई स्विकार आफैले खिचेका हुन् । ओम प्रसाईले भिडियोको सम्पादन गरेका हुन् । हेर्नुस भिडियो :

For More videos Log on to Mazzako TV