नाइ न भन्नु ल २को शिर्ष गीत रिलिज
संगीतलाइ प्राथमिकता दिने निर्देशक बिकाश आचार्यको फिल्म नाइ न भन्नु ल २ को गीत संगीतले यति बेला निकै चर्चा बटुलदै । यसै फिल्मको २ गीत बजारमा आइसकेका छन् र चर्चा पनि उतिनै बटुलिसकेको छ ।
आजै रिलिज गरिएको शिर्ष गीतमा प्रभा आचार्यको शब्द तथा बसन्त सापकोटाको संगीतमा प्रेम परियारले आफ्नो सुरिलो आवाज भरेका छन् ।
बिकाश आचार्यको निर्देशनमा बनेको फिल्ममा दुई मुख्य पात्र अनुभब रेग्मी र सुज्ञानी भट्टराईको बालप्रेम कथा हेर्न सकिने छ।
यी दुइ कलाकारका अलवा जीवन लुइँटेल,वर्षा सिवाकोटी,प्रियंका कार्की,सरोज खनाल र सुरज सिंह ठकुरीको अभिनय रहेको छ । लगानी स्वयं निर्देशक आचार्य र दिनेश कुमार पोख्रेलको छ ।
यस अघिनै सार्बजानिक भएको गीतले चर्चा बटुल्न कति समय पनि नलागेको र यो शिर्ष गीतलाई पनि दर्शकले रुचाउने विश्वास गरेका छन् आचार्यले ।चलचित्र यहि चैत्र २८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
)
For More videos Log on to Mazzako TV