संगीत फिल्मस र कान्तिपुर मोडल एजेन्सीले संयुक्त रुपमा फिल्म निर्माण गर्ने भएका छन् । यस फिल्मलाई संगीत बस्यालले निर्देशन गर्ने छन् भने बिकाश गुरुङले निर्माण गर्ने छन् । फिल्मको नाम भने राजधानीमा पत्रकार सम्मलेन गरेर सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

फिल्ममा राजन कार्कीले अभिनय गर्ने छन् भने अन्य कलाकारको टुंगो लागि नसकेको निर्देशक संगीत बस्यालले जानकारी दिएका छन् । यस फिल्मको कथाले मौलिकता झल्काउने निर्देशक बताउँछन् ।

For More videos Log on to Mazzako TV