प्रदिप खड्का र अष्लेषा ठकुरी अभिनित बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत २’ को चर्चा यतिबेला निकै छ । सिनेमाको प्रचारका लागि  युनिट देश दौडाहामा छ । प्रचार प्रसारलाई आक्रमक रुपमा अगाडी बढाउदै गरेको यो सिनेमाले मोटरसाईकल बोलको गीतमा ‘कार्टुन क्रज’लाई पनि प्रस्तुत गरेको छ ।


यसअघि प्रदिप खड्का, स्वस्तिमा खड्का र अश्लेषा ठकुरी फिचर गरिएको यस गीतमा अब पुन: ‘कार्टुन क्रज’को डान्सिङ्ग मुभमेन्टहरु हेर्न पाईन्छ । प्रतास दास र इन्दिरा जोशीको आवाज रहेको यस गीतमा एलिस कार्कीको संगीत रहेको छ ।

चलचित्र ‘प्रेम गीत २’ यही साउन १३ गतेबाट सार्वजनिक प्रर्दशनमा आँउदैछ । आशुसेन फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने सन्तोस सेन सिनेमाका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV