युवा स्टार अनमोल केसीको आगामी चलचित्र ‘कृ’ लाई लिएर दर्शकमाझमा निकै उत्सुकता देखिएको छ । चलचित्रमा उनको लुक्स निकै भिन्न देखिन्छ । क्रमश: सिनेमाको उनको लुक्सका तस्वीरहरु सार्वजनिक भईरहेका छन् । केही दिन अघि मात्र ‘कृ’ को अनमोल फिचरर्ड सोलो पोष्टर सार्वजनिक भएको थियो । यतिबेला पुन: अनमोल पिता भुवन केसीले अनमोलका दुई तस्वीरहरु फेसबुकमा सार्वजनिक गरेका छन् ।

आजसम्म, अनमोलको कुनै पनि गेटअपमा यस्तो एन्ग्री रुप देखिएको थिएन । सार्वजनिक भएका यि तस्वीरहरुले सिनेमा कस्तो होला भन्ने जिज्ञासा निकै बढाएको छ । यतिबेला पनि चलचित्रको सुटिङ्ग धमाधम भईरहेको छ । चलचित्रका बारेमा कुनै कुराहरु पनि लिक नहोस् भनेर निकै सर्तकताको साथमा सिनेमाको छायांकन गरिदैछ । सिक्स प्याक बनाएर अनमोलले यो फिल्मबाट आफूलाई एक्सन हिरोको रुपमा समेत ढालेका छन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्ममा श्री पराजुली सह-निर्माता, कमल गिरी कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदामलाई देख्न सकिनेछ ।

फिल्ममा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । यो फिल्ममा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । फिल्मका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् । साढे २ करोड भन्दा बढी बजेटमा यो फिल्म हलसम्म आइपुग्नेछ ।

 

 

For More videos Log on to Mazzako TV