अभिनेत्री मलिना जोशी र अभिनेता राज कटुवाललाई फिचरिङ गरिएको फिल्म ‘लिला’को रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।
यो फिल्म भदौ ३० गतेबाट रिलिज हुनेछ ।

गीतमा उदितनारायण झाको स्वर, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको संगीत छ । फिल्ममा संचिता लुइटेल, निस्तेज निरौला, देविराम पराजुली लगायतका कलाकारको पनि मुख्य भूमिका छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता सीपी पौडेल हुन् ।

लक्ष्मण बस्नेत, बिमला घिमिरे र लक्ष्मण बस्नेत यसका निर्माता हुन् । प्रेम, द्धन्द्ध र सस्पेन्स कथामा यो फिल्म निर्माण भएको बताइएको छ ।

For More videos Log on to Mazzako TV