नेपाली फिल्म क्षेत्रकी उदयीमान निर्देशक निलु डोमाको पार्थिव शरीरको दाहासंकार गरिएको छ । निलुको शनिबार हृदयघातका कारण निधन भएको थियो ।

निलुको दाहासंकार स्वयम्भु आर्यघाटमा गरिएको हो । दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो । अभिनेत्री रेखा थापा, नम्रता श्रेष्ठ, निशा अधिकारी, माला लिम्बु, निर्देशक दीपाश्री निरौलाको साथमा फिल्मीकर्मी, पत्रकार, आफन्तले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

फिल्म ‘हाउ फन्नी’ निर्देशन गरेर निर्देशन विधामा संभावना देखाएकी निलुले नयाँ फिल्मको तयारी पनि गरिरहेकी थिइन् ।

For More videos Log on to Mazzako TV