अभिनेत्री शिल्पा पोखरेललाई निर्माता छविराज ओझाको क्याम्प मात्र फापेको छ । उनले छविको क्याम्प भन्दा बाहिर अभिनय गरेका फिल्मले खासै चर्चा पाएका छैनन् । उनै, छवि र शिल्पाले मिलेर निर्माण गरेको फिल्म ‘मंगलम’ रिलिज हुने कहिले हो, एकिन भएको छैन ।

शिल्पा भने अब भकाभक छवि ओझा क्याम्प बाहिरका फिल्ममा काम गर्न थालेकी छिन् । शिल्पाले काम गर्न लागेको फिल्म ‘विरङ्गना’को आइतबार मात्र शुभसाइत गरियो ।

यी बाहेक अन्य फिल्ममा पनि शिल्पाले भकाभक काम गरिरहेकी छिन् । निर्देशकले शिल्पालाई विशेषगरि, द्धन्द्धात्मक फिल्ममा रोज्ने गरेका छन् ।

For More videos Log on to Mazzako TV