बलिउड अभिनेत्री तब्बू ४५ वर्ष पुगिसकेकी छिन् तर अझैसम्म पनि विवाह भएको छैन् । अजय देवगनका कारण अहिलेसम्म अविवाहित हुनुपरेको उनले खुलासा गरेकी छिन् । एक अन्तरवार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेकी हुन् । तब्बू भन्छिन् ‘म र अजय विगत २५ वर्षदेखि एक–अर्कासंग नजिक थियौं । म सानो हुदा अजय ममाथि कडा निगरानी राख्ने गर्थे ।

उनले भनिन् ‘अजय अब मेरो लागि केटा खोज ।’ खबरका अनुसार अजय पनि तब्बूको विवाह भएको हेर्न चाहन्छन् । यसबारे तब्बूले जिस्कने मुडमा भनिन् ‘मैले थुप्रै पटक अजयलाई मेरा लागि एक उपयुक्त वर खोजिदिन आग्रह गर्छु ।’ फिल्मी उद्योगका सबै नायकमध्ये मेरा लागि सबैभन्दा विशेष अजय देवगन नै हुन् ।’

For More videos Log on to Mazzako TV