बलिउड अभिनेत्री दीपिका पादुकोणले फिल्म दुनियामा राज गरेको ११ वर्ष बितीसकेको छ । उनले बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो अभिनय यात्रा अघि बढाई सकेकी छिन् । उनै दीपिकाकी बहिनी अनिशा पादुकोणबारे हामी चर्चा गर्दैछौं । दीपिका भन्दा ५ वर्ष कान्छी अनिशा १९९१ मा जन्मिएकी एक गोल्फर हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै गोल्फमा आफ्नो करियर बनाइरहेकी छिन् ।

पिता प्रकाश पादुकोण ब्याडमिन्टनका लेजेन्ड भएकाले पनि प्रभावित भएर अनिशाले गोल्फ खेल्न सुरु गरेको बताउँछिन् । हालै एक अन्तर्वार्तामा अनिशाले भनिन्, ‘दीपिकाले मलाई आमाले जस्तै माया गर्छिन् । उनी निकै केयररिङ र प्रोटेक्टिभ छिन् । ब्यस्तताका कारण हाम्रो भेट कम हुने गर्छ । जब हामी भेट्छौं तब निकै रमाइलो गर्छौ । दीपिकाका सबै फिल्म हेर्छु ।

मलाई उनको ‘ए जवानी हे दिवानी’ र ‘लभ आजकल’ निकै राम्रो लाग्छ । फिल्मफेयर अवार्डको क्रममा पनि दुबै दिदिबहिनी सँगै देखिएका थिए । दीपिका र अनिशा दुबै आ–आफ्नो क्षेत्रमा निकै चर्चा बटुलिरहेका छन् । खेल जगतमा अनिशाको नाम शीर्ष स्थानमा आउने गर्दछ ।

For More videos Log on to Mazzako TV