यहि जुलाई १ बाट भारतभर ‘एक राज्य, एक कर’ अन्तर्गत जीएसटी लागु भएपछि टिकटको मूल्य बढ्ने भएको छ । यो खबरसंगै, जिएटी लागु भएसंगै मनोरञ्जन समेत महंगो भएको हो । जीएसटी काउन्सिलका अनुसार बलिउड फिल्मका दर्शकले मनोरञ्जन कर १८ र २८ प्रतिशत बेहोर्नु पर्ने भएको हो । दर्शकले भारु १ सय रुपैयाँ भन्दा कम टिकटमा १८ प्रतिशत ट्याक्स र त्यो भन्दा बढीको टिकटमा २८ प्रतिशत ट्याक्स बराबरको मुल्य बेहोर्नु पर्नेछ ।

बितरकहरुको भनाई अनुसार, सिंगल थिएटरको तुलनामा जिएसटी मल्टिप्लेक्समा बढी झन्झट हुनेछ । यसअघि राज्यले नै मनोरञ्जन कर निर्धारण गर्ने गथ्र्यो, भने अहिले जीएसटीले गरेको हो । त्यसैले विभिन्न राज्यमा बन्ने फिल्मको कर भिन्न भिन्नै हुने गथ्र्यो । अहिले आएर सबैमा एकरुपता ल्याइएको छ, तर यस बिषयलाई लिएर बलिउडको उच्च बजेटको फिल्म र राज्यमा बन्ने सानो बजेटको फिल्मलाई एउटै करमा समेट्नु अन्यायपूर्ण हुने तर्क गरिएको छ ।

For More videos Log on to Mazzako TV