नेपाली नारीहरुको वीरताको गाथा हो ‘वीराङ्गना’ । राजधानीमा एक औपाचारिक कार्यक्रमको आयोजना गर्दै ‘वीराङ्गना’ शीर्षकमा चलचित्र निर्माण हुन लागेको जानकारी गराईयो । चलचित्रमा वीर गाथा कोर्दैछिन् नायिका शिल्पा पोख्रेल । फोर्थ आई मुभिजले निर्माण गर्न लागेको यो सिनेमामा नेपालको सिमा क्षेत्रमा हुने अवैधानिक गतिविधि र अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नारीहरुले खेलेको उल्लेखनिय भुमिकाको चर्चा गरिनेछ ।

चलचित्र ‘वीराङ्गना’मा शिल्पालाई शसस्त प्रहरीको भुमिकामा देख्न पाईनेछ । कार्यक्रममा पनि नायिका शसस्त प्रहरीकै बर्दीमा प्रस्तुत भएकी थिईन् ।

सिनेमामा शिल्पाको जोडदार एक्सन हेर्न पाईने पनि जानकारी गराईएको छ । बीराङ्गनामा शिल्पासँगै अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

चलचित्रलाई राजबहादुर सानेले निर्देशन गर्दैछन् भने हरि घले लामाको छायांकन रहनेछ । सिनेमामा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहनेछ । कबिराज गहतराज र श्री श्रेष्ठको कोरियोग्राफी रहने यो चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछन् भने देव तामाङ, सुमी चाम्लिङ राईले पनि निर्माणमा सहयोग गर्दैछन् ।

 

For More videos Log on to Mazzako TV