फिल्म ‘संरक्षण’मा समावेश ‘किशोरीलाल’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो आइटम गीतलाई निर्माणपक्षले मधेसका दर्शकलाई लक्षित गरि तयार पारेको छ । तर, अन्य क्षेत्रका दर्शकका लागि पनि यो गीत विशेष हुनसक्छ ।

‘किशोरीलाल’ बोलको आइटम गीतमा रितिका परमेश्वार, परवेश मल्लिक, प्रेम प्रकाश करनको आवाज छ । प्रभाष मल्लिकको संगीत रहेको गीतमा रोशन जनकपुरीको शब्द छ । पुर्णेन्द्रु कुमार झाको निर्देशनमा तयार भएको यो फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रदिपकुमार उदय, नरेन्द्र महर्जन मिलेर फिल्म बनाएका हुन् । यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको द्धन्द्ध छ । यो फिल्मले मधेसमा हुने गरेको राजनीतिक, क्राइम, पत्रकारिताको असरलाई देखाउन खोजेको छ । फिल्म साउन २७ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV