नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै चर्चा कमाएकी अभिनेत्री हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह । साम्राज्ञीकै चर्चाको भरमा फिल्म ‘तिमी सँग’ले भदौ ८ गतेलाई प्रदर्शन मिति तोकेको छ । यो फिल्मको टिजरपछि एक गीतको भिडियो रिलिज गरिएको छ ।

यो फिल्मको ‘लडेँ लडेँ’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । यो गीतमा मधुरा भट्टचार्यको आवाज छ भने नरेश भट्टराइको शब्द र राहुल मुखर्जीको संगीत छ । गीतको भिडियोमा आकर्षक लोकेशन प्रयोग गरिएको छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो फिल्मले ३ अपरिचित पात्रको यात्राको कथा भन्छ ।

रोशन भट्टराइको द्धन्द्ध, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुशिल क्षेत्रीको छायांकन फिल्ममा छ । फिल्ममा साम्राज्ञीको साथमा आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV