चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को केही समय देखी घटेको टीआरपी विस्तारै उकालो लाग्न थालेको छ । खासगरि टिमका सबै सदस्यले शो छाडेपछि कपिलको शोको टीआरपी घटेको थियो ।

हालै सुनिल ग्रोवरलाई लिएर ‘सुपरनाइट विथ ट्यूबलाइट’ नामक शो तयार गरियो, जसमा नायक सलमान खान र सोहिल खान अतिथी थिए । तर, यो शोले कपिल शर्माको ‘द कपिल शर्मा’शोलाई टीआरपीमा उछिन्न सकेन । कपिलको शो टीआरपीको आठौ स्थानमा रहँदा सुनिलको यो शो १६ औ स्थानमा रहेको छ । सुनिल र सलमानको साथले पनि कपिललाई उछिन्न नसकेपछि अहिले कपिलको लोकप्रियता बढेको छ ।

For More videos Log on to Mazzako TV