५ वर्ष अघि जुम्ल्याहा सन्तानलाई जन्म दिएकी बलिउड अभिनेत्री सेलिना जेटली फेरि गर्भवती भएकी छिन् । यसपाली पनि उनले जुम्ल्याहा बच्चा नै जन्माउने छिन् । उनले हालै इन्स्टाग्राममा पीटरले क्लिक गरेको भन्दै आफ्नो ठूलो पेट देखाउँदै फोटो सेयर गरेकी छिन् । उनी लेख्छिन्–‘यो फोटो यसमा मैले कत्ति पनि मेकअप गरेकी छैन ।’

सेलेनाका दुई जुम्ल्याहा छोरा बिराज हग र विस्टन हग अहिले पाँच वर्षका भैसकेका छन् । उनका श्रीमान पिटर हग एक होटल व्यवसायी हुन् । डाक्टरले सेलिनालाई अक्टोबरको डेट दिएका छन् । २०११ मा सेलिनाले पिटरसँग बिहे गरेपछि बलिउड दुनियाबाट टाढा छिन् ।

For More videos Log on to Mazzako TV