अभिनेत्री मलिना जोशी फिल्म ‘रानी’को प्रतिक्षा गरिरहेकी छिन् । यही, फिल्म हो जसले उनलाई फिल्म क्षेत्रमा र्फकनका लागि सोच बनाइदियो ।

मलिना यो क्षेत्रमा काम गर्ने शैली देखेर आफू दिक्क भएको बताउँछिन् । यो क्षेत्रबाट टाढिने कि भन्ने सोच उनमा पलाएको थियो । तर, उनी पछि फर्किइन् । ‘रानी’ फिल्ममा काम गर्दा सुटिङमा पनि यति रमाइलो हुँदोरहेछ भन्ने उनलाई लाग्यो । साथै, पहिलेको फिल्ममा गरेको गल्ती अर्को फिल्ममा सच्याउने लोभले उनलाई यो क्षेत्रबाट टाढा जानबाट रोक्यो ।

अभिनेत्रीले अभिनेता अनुप विक्रम शाही र आफूविच प्रेम रहेको पनि स्विकार गरेकी छिन् । तर, एउटा इस्यूका कारण आफूहरु टाढा भएको उनले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV