बलिउडका दुई नायकहरु सलमान खान र साहरुख खानको मित्रताको बिषममा बेला बेलामा चर्चा भैरहन्छ । यतिखेर रिलिज भैरहेको सलमान अभिनित फिल्म ‘ट्यूवलाइट’मा साहरुख केमियो भूमिकामा देखिए । यसैबिच अर्काे खबर बाहिरिएको छ । साहरुखको एक फिल्ममा सलमानले केमियो भूमिका निभाउदै छन् । निर्देशक आनन्द एल राइसँग मिलेर साहरुख एक फिल्ममा काम गरिरहेका छन् । नाम पक्का गरि नसकिएको फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा देखिने छन् ।

यस फिल्ममा साहरुखको अलवा कट्रिना कैफ र अनुष्का शर्माको समेत अभिनय रहने छ । चलचित्रमा केमियो भूमिकाका लागि सलमानलाई अफर गरिएको छ ।

For More videos Log on to Mazzako TV