फिल्म ‘देश परदेशको निर्माण हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको घोषणा गरिएको छ । विदेश गएका श्रीमान्ले स्वदेशमा रहेकी श्रीमतिलाई विर्सिएर अर्कै यूवतीसँग रमाउने कथामा यो फिल्म बन्नेछ । फिल्मलाई राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।

फिल्मको छायांकन असार २२ गतेबाट हुने निर्माणपक्षले बताएको छ । यो फिल्ममा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारलाई देख्न सकिनेछ ।

फिल्ममा प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन असार २२ गतेबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV