यूवास्टार अनमोल केसी अभिनित फिल्म ‘कृ’को फस्टलुक रिलिज गरिएको छ । आजसम्म, अनमोलको कुनै पनि गेटअप सार्वजनिक भएको थिएन । यसैले पनि यसको फस्टलुक प्रतिक्षित बनेको थियो ।

केसीलाई फिल्मको फस्टलुकमा द्धन्द्धात्मक शैलीमा देखाइएको छ । सिक्स प्याक बनाएर अनमोलले यो फिल्मबाट आफूलाई एक्सन हिरोको रुपमा ढालेका छन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्ममा श्री पराजुली सह-निर्माता, कमल गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । यो फिल्ममा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । फिल्मका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् ।

साढे २ करोड भन्दा बढी बजेटमा यो फिल्म हलसम्म आइपुग्नेछ । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदामलाई देख्न सकिनेछ । यो फिल्मलाई ओभरसिजमा हाइलाइट्स नेपालले वितरण गर्नेछ भने काठमाण्डौ बाहिर मनोज राठीको बैंक्कतेस्ट इन्टरटेन्मेन्टले वितरण गर्नेछ । काठमाण्डौमा भने सुवास इन्टरटेन्मेन्टले नै वितरण गर्नेछ ।

For More videos Log on to Mazzako TV