अभिनेता सुनिल थापाले अब आफूलाई दर्शकले चिन्दै आएको परिचय फेरिने आशा गरेका छन् । सुनिल शिर्ष भूमिकामा रहने फिल्म ‘शेरबहादुर’को आज शुभसाइतसँगै छायांकन सुरु गरिएको छ । यो फिल्ममा आफू शेरबहादुरको भूमिकामा देखिन लागेको भन्दै दर्शकले अब आफूलाई यही नामले चिन्ने विश्वास व्यक्त गरे ।
सुनिलले ४ महिना अगाडि आफूले यो फिल्मको कथा सुनेको बताएका थिए । आर राजवंशीले निर्देशन गर्ने यो फिल्ममा गौरीशंकर धुजु र धिरज राजवंशीको लगानी छ । ३५ दिनमा फिल्मको छायांकन सक्ने निर्माताले बताएका छन् ।

फिल्ममा कर्मा, मेनुका प्रधान, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । कार्यक्रममा पुगेका हाँस्य अभिनेता हरिवंश आचार्यले फिल्मलाई शुभकामना दिएका थिए ।

For More videos Log on to Mazzako TV