निर्माता छविराज ओझाको ब्यानरबाट काम गर्ने धेरै कलाकार नेपाली फिल्मको सुपरस्टार भएका छन् । रेखा थापा, आर्यन सिग्देल, विराज भट्टदेखि शिल्पा पोखरेलसम्म, सबै स्टार भए ।

तर, एउटी यस्ती अभिनेत्री छिन् जसलाई भने छविको ब्यानर लक लागेन । फिल्म ‘लोफर’बाट डेब्यू गर्दै गर्दा रजनी केसीलाई रेखा थापाको स्थान लिने अभिनेत्रीको रुपमा चर्चा गरियो । तर, त्यो चर्चा फिल्म असफल भएसँगै सकियो । छविको ब्यानरमा उनी यसपछि टिक्न सकिनन् ।

अहिले रजनी केसीको हातमा खासै फिल्म छैन । अभिनेता दीलिप रायमाझीसँग उनले एक फिल्ममा काम गरिन् भने ‘चर्खा’ नामक फिल्म रिलिजको तयारीमा छ । उनी एउटा टेलिभिजनमा प्रशारण हुने सिरियलमा काम गरिरहेकी छिन् । उनी पछि आएका थुप्रै अभिनेत्री स्टार भैसक्दा रजनी भने खासै चम्कन नसकेको विश्लेषण हुने गर्दछ ।

For More videos Log on to Mazzako TV