अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको हातमा हथकडी बाधिएको छ । पल र पूजालाई हथकडी किन लगाइयो भन्ने हेर्न त दर्शकले असार ३० गते नै कुर्नुपर्ने हुन्छ । तर, फिल्मको सार्वजनिक फस्टलुक पोष्टरमा पल र पूजाको हातमा हथकडी छ । यसले, फिल्म भित्र कतै पल र पूजा जेल त पर्दैनन् भन्ने देखाउन खोजेको छ ।
सुदर्शन थापा निर्देशित यो फिल्मले प्रेमको कथा भन्छ । फिल्मको गीत, ट्रेलर सर्वाधिक हिट भैसकेको छ । लभ स्टोरी फिल्म निर्माणमा सुदर्शनको नाम अगाडि आउँछ । ‘मेरो एउटा साथी छ देखि प्रेमगीत’सम्म आइपुग्दा उनले आफूलाई लभ स्टोरी फिल्म निर्देशनमा अब्बल साबित गराइसकेका छन् ।

For More videos Log on to Mazzako TV