बलिउड नायक सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ यतिखेर प्रदर्शन भैरहेको छ । सलमानले ‘ट्युबलाइट’ बाट सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया पाइरहेका छन् । सलमानसंग यसबारे कुरा गर्दा शुरुमा केही भड्किएको जस्तो देखिएको खबर छ । उनि भन्छन्, ‘आलोचक निकै सकारात्मक छन् । मैले त माइनसको आशा गरेको थिएँ तर उनीहरुले त्यस्तो रेटिङ गरेनन् । म यो कुरामा खुसी नै छु ।’ उनि थप्छन्, ‘इद रिलिज हो, मानिसहरु आउँछन्, चानचुनमै उडाउँछन् । यो फिल्म मोजमस्ती, रमाइलो गर्नेहरुका लागि होइन । किनभने यो फिल्ममा यस्तो केही पनि पाइँदैन । यो निकै भावुक फिल्म हो । परिवारसँग बसेर हेर्ने फिल्म हो ।’


फिल्ममा सलमानका साथै सोहेल खान, चीनियाँ नायिका जू जू, ओम पुरी, यशपाल शर्मा, मोहम्मद जिशान अयूब र बाल कलाकार मेटिन रे टेंगुको महत्वपूर्ण भूमिका रहेको छ । कबिर खानले निर्देशन गरेको फिल्मका सलमान निर्माता हुन् ।

For More videos Log on to Mazzako TV