बलिउड अभिनेत्री आलिया भट्ट अब एक फिल्ममा कश्मिरी युवतीको भुमिकामा देखिने भएकी छिन् । ‘उड्ता पञ्जाब’ मा प्रवासी बिहारीको भुमिका निर्वाह गरेर चर्चामा रहेकी आलिया अब मेघना गुलजारको फिल्म ‘राजी’ मा कश्मिरी युवतीको भुमिकामा देखिने छिन् । बलिउड फिल्म ‘मसान’मा विक्की कौशल सैनिक अधिकारीको भुमिकामा देखिने छन्, भने कौशलकी श्रीमतिको रुपमा आलिया देखिनेछिन् । जासुस तथा रोमान्सको वरिपरि घुम्ने फिल्मको कथा हरिन्दर सिक्काको उपन्यास ‘कालिंग’ मा आधारित रहनेछ ।

जंगली पिक्चर्स र धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मका निर्माता करण जोहरको हुन् ।

For More videos Log on to Mazzako TV