साउन १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत २’का लागि अभिनेत्री अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले स्वरांकन गरेसँगै यसको सम्पूर्ण काम सकिएको छ ।
निर्देशक रामशरण पाठकका अनुसार रेड स्टूडियोमा सोमबार फिल्मकी अभिनेत्री र निर्माताले आवाज भरेका हुन् । फिल्मको सम्पूर्ण काम सकेर अब प्रदर्शनका लागि तयार भएको यसको निर्माणपक्षले बताएको छ । अब, प्रचारमा लागिपर्ने निर्माता सेनले बताएका छन् ।

‘डबिङ गर्दै जाँदा बीचैमा छाडुँकी जस्तो भएको थियो तर हिम्मत हारिनँ’ अश्लेषाले बताइन्, ‘या त म जोडले चिच्याउनुपर्ने, जोडले हाँस्नुपर्ने संवेदनामा उत्रनुपर्ने थियो, गर्दै जाँदा फिलिङ्सले काम सम्पन्न गर्न सक्यो ।’ उनी फिल्ममा बर्मेली युवतीको भूमिकामा छिन् ।

प्रदिप खड्काले भने फिल्मको डबिङ सकेको केही समय भैसकेको छ । प्रेमकथाको यो फिल्मले राम्रो व्यापार गर्नेमा सम्पूर्ण टिम आशावादी देखिएको छ ।

For More videos Log on to Mazzako TV