फिल्म ‘सुब्बा साब’को रिलिजको क्रममा अभिनेत्री बर्षा सिवाकोटीले प्रचारमा खासै साथ दिइनन् । निर्देशकले अभिनेत्रीमाथि प्रचारमा साथ नदिएको गम्भिर आरोप लगाए । नेपाली फिल्ममा बर्षाको चर्चा फिल्मको कामले भन्दा पनि यस्तै यस्तै विवादका कारण बढी भयो ।

तर, यसपटक भने निर्माणपक्षलाई अभिनेत्रीसँग कुनै गुनासो छैन । फिल्म ‘कारखाना’ रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यी अभिनेत्री अभिनेता सुशिल श्रेष्ठको साथमा हरेक स्थानमा पुगेकी छिन् ।

निर्माता र निर्देशकविच लफडा चल्दा पनि यी दुइलाई प्रचारमा दौडन कसैले रोकेन । फिल्म प्रदर्शनपछि कस्तो व्यापार गर्ला त्यो त भोलीको कुरा हो । तर, बर्षा र सुशिलको फिल्म प्रचारमा देखिएको गम्भिरता तारिफ गर्न लायक नै छ । असार १६ गतेबाट रिलिज हुने यो फिल्मले यी दुइको करिअरको ठूलै फैसला गर्नेछ ।

For More videos Log on to Mazzako TV