नेपाली फिल्म कुन कलाकारको मित्रता कतिबेला कुन कलाकारसँग हुन्छ भन्न नै गाह्रो छ । नेपाली फिल्ममा को कतिबेला कोसँग नजिक र कोसँग टाढा हुन्छ, सजिलै भन्न सकिदैन । अभिनेत्री नीता ढुंगानाले अर्की अभिनेत्री वेनिशा हमालसँग ‘गुड नाइट’ सेल्फी भन्दै केही तस्बिर पोष्ट गरिन् । उनको तस्बिर हेर्दा लाग्थ्यो, वेनिशा र नीता निकै नजिकका साथ भएका छन् ।

बेनिशा र नीताविच यति निकट सम्बन्ध यस अगाडि देखिएको थिएन । तर, यी दुइले एकसाथ निदाउँदै गरेको तस्बिर पोष्ट गरेर आफूहरुको मित्रता कतिसम्म नजिक छ भन्ने प्रष्ट पारेका छन् ।

वेनिशा अभिनेत्रीद्धय केकी अधिकारी र रीमा विश्वकर्मासँग नजिक छिन् । नीताको निकटता कहिले अनु शाह त कहिले मोडल भावना गुरुङसँग देखिन्छ ।

तर, वेनिशा र नीताविचको यो सेल्फीले भने अब मित्रतामा नयाँ गोरेटो कोरिएको देखिन्छ ।

For More videos Log on to Mazzako TV