अभिनेत्री नीशा अधिकारीले क्रिकेटर शरद भेष्वाकरलाई आफ्नो जीवनसाथी बनाउने भएकी छिन् । नीशाले केही बर्षदेखिको आफ्नो प्रेमलाई बिहेका परिणत गर्न लागेकी हुन् । नीशा र शरदको बिहे काठमाण्डौको एक पाँच तारे होटलमा आयोजना हुँदैछ ।
नीशा र शरदको बिहेका लागि निमन्त्रणा कार्डको डिजाइन पनि गजबले गरिएको छ । शरद क्रिकेटर भएका कारण बिहेको कार्डको डिजाइन क्रिकेटकै स्टाइलमा गरिएको छ ।

नीशा र शरदको परिवारले आफन्त, साथीभाइलाई पठाएको बिहे कार्डमा क्रिकेटको बल, ब्याटको डिजाइन गरिएको छ । अभिनेत्री नीशा अधिकारी आफ्नो बिहेलाई विशेष बनाउने तयारीमा छिन् । यसैले, उनी फोन सम्पर्क समेत विच्छेद गरेर तयारीमा जुटेकी छिन् ।

For More videos Log on to Mazzako TV