निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’ को ट्रेलर रिलिज गरिएको छ । साउन २७ लाई प्रदर्शन मिति तय गर्दै ट्रेलर रिलिज गरिएको हो । साउन १३ मा निखिलकै फिल्म ‘रुद्र’ आउने फाइनल भएपछि ‘संरक्षण’ लाई सारेर नयाँ मिति साउन २७ मा प्रदर्शन गरिने निश्चित भएको हो ।

पुर्णेन्दु झाको निर्देशन रहेको फिल्म ‘संरक्षण’ मधेशमा हुने गुण्डागर्दी तथा तस्करीलाई अन्त्य कसरी गर्ने भन्नेमा कथा घुमेको छ । निखिल र सौगातसँगै फिल्ममा रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायत कलाकारहरुले एकसाथ काम गरेका छन् । फिल्म नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्दु श्रीवास्तव र श्वेता शाहको संयुक्त लगानीमा निर्माण भएको हो । संरक्षण ट्रेलर :

For More videos Log on to Mazzako TV