गतबर्षको भदौमा रिलिज भएको ‘छक्का पन्जा’ र फागूणमा रिलिज भएको फिल्म ‘लुट २’को व्यापारलाई छाड्ने हो भने, नेपाली फिल्मको व्यापार सुस्ताएको छ । कोही पनि निर्माताले नेपाली फिल्मको व्यापारबाट खुशी हुनुपर्ने अवस्था छैन ।

यो बर्ष त झन् अवस्था भयाभह नै छ । वैशाखदेखि असारको पहिलो सातासम्म रिलिज भएका कुनै पनि फिल्मले लगानी उठाएका छैनन् । मिडियामा करोड क्लबका कुरा आएपनि कुनै पनि फिल्मले निर्माताको लगानी सुरक्षित गरेको अवस्था छैन ।

जसले गर्दा, यो बर्ष अब कुन त्यस्तो फिल्म बजारमा आउला जसले माहोल तताउला भन्ने प्रतिक्षा गरिएको छ । हुनत, नेपाली दर्शकले प्रतिक्षा गरेका र धेरैले आशा गरेका फिल्म रिलिज हुन नै बाँकी छ । तर, पनि चलचित्रको व्यापार भने खस्किएको छ ।

For More videos Log on to Mazzako TV