निर्देशक दिनेश राउत चाडो भन्दा चाडो फिल्म ‘टकिला सनराइज’ बनाउने तयारीमा छन् । सुरुमा यो फिल्ममा अभिनेता आर्यन सिग्देललाई मुख्य भूमिकामा लिएर बनाउने तयारी गरिएको थियो । यसका लागि आर्यनले ठूलै मिहिनेत गर्नुपर्ने थियो ।

तर, आर्यनले मिहिनेत गरेर शरीर नै घटाउन सके न त आर्यनले अब यो फिल्म नै खेल्नेछन् । निर्देशक दिनेश राउतले अभिनेत्री नम्रता श्रेष्ठलाई फिल्ममा फाइनल गरिसकेका छन् । नम्रताले नै यो फिल्म निर्माण गर्नेछिन् ।

अब, दिनेशले गायक उदितनारायण झाका छोरा आदित्य नारायणलाई यो फिल्ममा भित्राउने तयारी गरिरहेको वुझिएको छ । आदित्यसँग फिल्मको कथावस्तु र पारिश्रमिकको बिषयमा कुरा भैरहेको छ । आदित्यले मानेको खण्डमा यो फिल्ममा स्टारका छोरा र नम्रताको जोडी देख्न पाइनेछ ।

For More videos Log on to Mazzako TV