गतबर्ष केही स्टारका फिल्म दर्शकले हेर्न पाएनन् । नम्रता श्रेष्ठ, अनमोल केसी, साम्राज्ञीराज्य लक्ष्मी शाह लगायतका कलाकार गतबर्ष पर्दामा देखिएनन् । तर, यो बर्ष भने नेपाली फिल्म सबै स्टारका फिल्म रिलिज हुँदैछन् । जसले, स्टारडमको ठूलो लडाई र को नम्बर १ भन्ने चर्चा यो बर्ष चल्नेछ ।

यो बर्ष धेरै आशा गरिएका अभिनेताहरु पनि पर्दामा देखिदैछन् । साथमा, गतबर्ष हलमा नदेखिएका पूजा शर्मा, प्रदिप खड्कादेखि अनमोल केसी, रेखा थापा, साम्राज्ञीराज्य लक्ष्मी शाहसम्मका फिल्म यो बर्ष रिलिज हुनेछन् ।

अभिनेत्री नम्रता श्रेष्ठको फिल्म ‘पर्व’ त रिलिज भैसकेको छ । अनमोलको ‘कृ’, साम्राज्ञीको ‘ए मेरो हजुर २ र तिमी सँग’, प्रदिपको ‘प्रेमगीत २’, पूजा शर्माको ‘म यस्तो गीत गाउँछु’ हलमा लाग्दैछन् । यी कलाकारका कुनै पनि फिल्म गतबर्ष रिलिज भएका थिएनन् ।

For More videos Log on to Mazzako TV