चन्द्रागिरी हिल्समा एक कार्यक्रमका बिच टिभिसी सार्वजनिक गरिएको छ । हाँस्य कलाकार महजोडी, कालाकार दीपाश्री निरौला र दीपकराज गिरीको उपस्थितिमा टिभिसी सार्वजनिक गरिएको हो । टिभीसिमा कलाकार मह जोडी, दीपक दीपाको अभिनय रहेको छ ।

हिल्सको टिभिसी सार्वजनिक कार्यक्रममा हाँस्य अभिनेत्री दीपाश्री निरौलाले कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बुबाआमाको रुपमा सम्बोधन गरेकी हुन् । उनले बुबाआमा भनेर सम्बोधन गर्दा कलाकार महजोडीको मुहारमा हाँसो देखिन्थ्यो । त्यस्तै मह जोडीले हामी आमा बुवा हौं भने, दीपक दीपालाई काका काकी भनेर माहौललाई हाँसोमा मरिणत बनाए । बिभिन्न दृष्टिकोणले महत्वपुर्ण देखाइएको हिल्सको टिभीसी अब बिभिन्न टेलिभिजनमा समेत देख्न पाइने चन्दागिरी हिल्सले जानकारी दियो । टिभीसीको निर्देशन दिनेश डिसीले गरेका हुन् ।

For More videos Log on to Mazzako TV