अभिनेता तथा निर्माता हसनराजा खानले फिल्म ‘रोमियो’को छायांकन सकेको केही महिना भैसकेको छ । तर, यो फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियोको छायांकन भने बिहिबार मात्र गरिएको छ ।

काठमाण्डौको ठमेलमा रहेको एक क्लबमा यो गीतको भिडियोको छायांकन गरिएको हो । कोरियोग्राफर गम्भिर बिष्टको कोरियोग्राफीमा छायांकार रामेश्वर कार्कीले भिडियोको छायांकन गरे ।

यो गीतको भिडियोमा फिल्मका मुख्य २ कलाकार हसनराजा खान र ओसिमा बनुलाई देख्न सकिन्छ । साथमा, विशेष अतिथीको रुपमा अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता संजोग कोइरालाले भिडियोमा काम गरेका छन् ।

शंकर कार्कीले निर्देशन गरेको यो फिल्म कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । फिल्ममा नीशा अधिकारी र मेलिना मानन्धर पनि मुख्य भूमिकामा छन् ।

गीतमा सुनिल पाण्डे र सहिमा श्रेष्ठको स्वर छ भने सुनिलले नै संगीत भरेका छन् ।

For More videos Log on to Mazzako TV