साउन २० गते २ वटा फिल्मले मिति पक्का गरेका थिए । साउन २० मा ‘रुद्र र भूइमान्छे’ रिलिज हुने पक्का थियो । तर, अब यी दुबै फिल्म यो मितिमा रिलिज नहुने भएका छन् ।

कारण, यो मितिमा बलिउड अभिनेता साहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ रिलिज हुदैछ । साहरुखका कारण यो मितिमा कुनै नेपाली फिल्म आउने आट गरेनन् । साउन २७ मा पनि हालत उस्तै छ । साउन २७ मा बलिउडको सानो बजेटमा बनेको फिल्म, ‘ट्वाइटेल एक प्रेम कथा’ रिलिज हुँदैछ ।

यो फिल्म रिलिज हुने भएपछि कुनै पनि नेपाली फिल्मका निर्माताले यो डेटमा फिल्म हाल्न नै चाहेनन् । यो फिल्मको मुख्य भूमिका अक्षय कुमार देखिएका छन् । साहरुख र अक्षयका कारण साउन महिनामा १३ गतेमात्र २ वटा नेपाली फिल्म रिलिज हुनेछन् । भदौमा मारामार छ ।

तर, साउन हिन्दी फिल्मका कारण खाली छ । नेपाली फिल्मका निर्मातालाई हिन्दी फिल्म र स्टारको हाउगुजीले कहिलेसम्म छुने हो, भन्न गाह्रो छ ।

For More videos Log on to Mazzako TV