बलिउडमा अभिनेता साहरुख खान र नायिका अनुष्का शर्माको अभिनय रहेको फिल्म ‘जब ह्यारी मेट सेजल’ को पहिलो गीत रिलिज भएको छ । रिलिज भएको छाटो समयमा ‘राधा’ बोलको उक्त गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । यसबाट अभिनेता साहरुख र अभिनेत्री अनुष्काको केमेष्ट्रिलाई मन पराइएको बुझ्न सकिन्छ । फिल्म ‘रब ने बना दी जोडी’ बाट साहरुखसँग अनुष्काले बलिउडमा डेब्यू गरेकी हुन् । त्यस्तै यो जोडीको दोश्रो फिल्म हो, ‘जब तक हे जान’ । अब, साहरुख र अनुष्काले ‘जब ह्यारी मेट सेजल’मा रोमान्स गर्दैछन् ।

सार्वजनिक भएको गीत ‘राधा’ छोटो समयमा नै ७१ लाख भन्दा बढी पटक हेरिसकिएको छ । यस गीतमा साहरुख र अनुष्काको मज्जाको केमेष्ट्री देखिन्छ । अगष्ट ४ बाट रिलिज हुने यस रोमान्टिक कमेडी फिल्मका निर्देशक इम्तियाज अली हुन् ।

For More videos Log on to Mazzako TV