बलिउड अभिनेता अक्षय कुमार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथामा बन्ने फिल्ममा अभिनय गर्ने भएका छन् । यस अघि फिल्म निर्माण युनिटले मोदीको भूमिकाका लागि अभिनेता परेस रावल वा अनुपम खेरको नाम सोचेको थियो । अन्तत यो भूमिकामा अक्षय कुमारले नै खेल्ने पक्का भएको छ ।

उक्त भूमिकामा अक्षयले मात्र न्याय गर्न सक्ने भएकाले उनलाई छनौट गरेको भारतीय समाचार माध्यमा उल्लेख छ । अक्षयको काम गर्ने तरिका फरक तथा उक्त भूमिकालाई न्याय गर्न सक्ने निर्माण युनिटको दाबी छ । अक्षयको आगामी फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ रिजिल हुने क्रममा रहेको छ ।

For More videos Log on to Mazzako TV