अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’को हाल धमाधम छायांकन भैरहेको छ । यो फिल्ममा अनमोलको जोडीको रुपमा अदिती वुढाथोकीले काम गरिरहेकी छिन् । तर, अदितीको सामाजिक संजाल चेक गर्ने हो भने उनी, भारतमा मात्र बसेको देखिन्छ । उसो भए, अदितीले के ‘कृ’को छायांकन जोइन नै गरेकी छैनन् त ?
अदितीले फिल्मको छायांकन एक सेड्यूल सकिसकेकी छिन् । उनी, मुम्बइबाट नेपाल आएर फिल्मको छायांकन सकेर फेरि मुम्बई गैसकेकी छिन् ।

अभिनेता अनमोल केसीको गेटअप लुकाएर यो फिल्मको छायांकन भैरहेको छ । अदितीको पनि कुनै तस्बिर फिल्मको यूनिटले सार्वजनिक गरेको छैन । तर, पहिलो चरणमा वर्कशपका लागि नेपाल आएकी अदिती दोश्रो पटक फिल्मको छायांकन गर्न नेपाल आएकी थिइन् । सुवास गिरी र भूवन केसीले मिलेर बनाइरहेको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV