फिल्म ‘अझै पनि’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुरक्षा पन्तले पहिलो प्रोजेक्टबाट राम्रै तारिफ पाइन् । यो फिल्ममा सह-अभिनेत्रीको भूमिकामा देखिएकी सुरक्षाले यसपछि फिल्म ‘सुस्केरा’मा काम गरिन् । यो फिल्म कहिले रिलिज हुन्छ, पत्तो छैन ।

तर, उनी अभिनित फिल्म ‘धनपति’ भने असार २३ गतेबाट रिलिज हुँदैछ । अभिनेत्री भन्दा पनि कलाकारको रुपमा क्लिक भएकी सुरक्षा भीजे पनि हुन् ।

उनको नेपाली फिल्मको यात्रा जोखिमपूर्ण छ । तर, ‘धनपति’ फिल्मको व्यापारले उनको करिअरमा उथलपुथल ल्याइदिन सक्छ । पेशाले इन्जिनियर यी सुन्दरी अहिले ‘धनपति’को रिलिज कुरेर बसिरहेकी छिन् । अभिनेत्रीहरुको भीडमा सुरक्षाको फिल्मी करिअर कती सुरक्षित रहला ? प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV