शुक्रबारदेखि फिल्म ‘तारेभीर’ अल नेपाल प्रदर्शन भइरहेको छ । फिल्मका निर्माता डि.के. देवान सहित कलाकारहरु फिल्म हल हलमा पुगिरहेका छन् । फिल्मको ‘तारेभिरको सुसाईमा’ बोलको गीत रिलिज भएको छ । प्रेम सुब्बाको शब्द बिष्णु चेम्जुङ्गको स्वर रहेको गीतको संगीत सनम पौडेलको हो ।

फिल्म ‘तारेभीर’ले यथार्थ घटनाक्रमलाई चित्रण गरेकाले दर्शकहरुले रुचाएका छन् । देशलाई अपराधिक गतिबिधिबाट मुक्त गर्नको लागि के कस्तो कदम चल्नुपर्छ भन्ने कुराको वरिपरी फिल्मको कथा घुम्छ । फिल्ममा बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मालगायतको अभिनय रहेको छ । फिल्म ‘तारेभीर’ का निर्देशक प्रेम सुब्बा हुन् । निर्माता डी.के दिवानले अब छिट्टै नै अर्काे फिल्म निर्माण गर्ने बताउदै आएका छन् ।

For More videos Log on to Mazzako TV