कमलमणि नेपाल र निरु खड्काको मुख्य अभिनय रहने फिल्म ‘लखपति माग्ने’ को घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको हो । सवनम मुखियाको निर्देशनमा तयार हुने फिल्मको भदौको पहिलो हप्ताबाट छायांकन सुरु हुनेछ । नरेन्द्र महर्जन र प्रकाशचन्द्र महर्जनको निर्माण रहने फिल्मका अन्य कलाकारहरुको भने छनोट हुन बाकी रहेको छ ।

यस अघि सवनमले सर्ट फिल्म ‘जुभिनाइल’ निर्देशन गरेकी थिइन् । फिल्ममा शान्तिप्रियको शब्द र सन्तोश श्रेष्ठको संगीत रहने बताइएको छ । कार्यक्रममा बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, लेखक तथा निर्देशक मोहन निरौला, प्रथम नायिका भुवन चन्द, चलचित्र पत्रकार शान्तिप्रिय, विनोद पौडेल र माधव पौडेल लगायतको उपस्थिति रहेको थियो ।

For More videos Log on to Mazzako TV