शनिबार आयोजना भएको ‘एनएफडीसी अवार्ड’ पुरस्कार विजेताको नामले भन्दा पनि अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको चुम्बनको समाचारले बढी रंगियो ।

प्रियंकाले ‘उत्कृष्ट अभिनेत्री’को विधामा अवार्ड पाएपछि आयुष्मानले उनलाई जुरुक्कै बोकेर ओठमा चुम्बन गरे । यो खबर मिडियामा सर्वाधिक चर्चित बन्यो । यो खबर सार्वजनिक भएपछि धेरैले उनीहरुले खुलेयाम यसरी चुम्बन गर्न हुदैनथ्यो भनेर चर्चा पनि गरे ।

यो बिषयमा मिडियासँग मुख खोल्दै प्रियंका र आयुष्मानले आफूहरुले माया दर्शाएको बताएका छन् । आयुष्मानले भने–‘हामीले माया दर्शाएका हौं । कुनै अश्लिलता त फैलाएका थिएनौ ।’

अभिनेत्री कार्कीले भने यो बिषयमा कुरा गरिरहनुपर्छ जस्तो आफूलाई नलागेको पनि सुनाइन् । प्रेममा परेपछि आयुष्मान र प्रियंका मिडियामा निरन्तर लाइमलाइटमा रहेका छन् । यी दुइको प्रेमलाई दुबैको परिवारले स्विकार पनि गरिसकेको छ ।

For More videos Log on to Mazzako TV